top of page

श्रम तथा रोजगार बिभाग जादाँको अनुभव !

Shova Dahal

कामको सिलसिलामा श्रम तथा रोजगार विभाग जाने मौका जुर्यो | तीनकुनेमा अवस्थित श्रम विभाग सोद्धै खोज्दै पुग्दा, नदीको किनारमा रहेको उक्त विभाग प्ररिसरमा छिरेका मात्र थियौ, त्यहाको अस्तव्यस्तताले मनलाई चिरा पार्यो | भवन भित्र पस्दा अगन्तुकहरूले गरेको फोहोर देख्दा हामी नेपालीहरु नैतिक शिक्षाको विषयमा जानकार नभएको जस्तो लग्यो | आनुशासन हिन हामी नेपालीहरुले सेवा लिने ठाउँलाई पनि पान खाएर थुक्ने स्थानको रुपमा परिवर्तन गरेको देख्दा नेपाली हुनुमा अत्मग्ल्यानी महसुस भयो |

जब हामी भर्यांग चढेर भवनको माथिल्लो तल्लामा पुग्यौ, सेवाग्राहीको सेवाको लागि बसेका कर्मचारीहरुको व्यवहार देख्दा मन दुख्यो | पहिलो चोटी गएको र त्यहाको सेवाको बारेमा जानकारि माग्दा जनताको सेवाका लागि बसेका कर्मचारी बोल्न पनि पैसा लाग्ने जस्तो व्यहोरा गर्दा रहेछन | सेवाग्राहीले सोधेको जिज्ञासा मेटाउनुको साटो यिनीहरु यहाँ नआइदिए हुन्थ्यो जस्तो गर्दा रहेछन | लिन गएको जानकारी हासिल नभए पछि त्यहीका एक कर्मचारीले यहाको अफिसको केहि भाग ताहाचलमा रहेको हुँदा, त्यहाँ जान सुझाए |

उनले बताए अनुसार भोलि पल्ट म र साथी सोल्टिमोडमा अवस्थित कार्यालय पुग्यौ | ताहाचलको बाटो भरी विदेश जान हतारिएका युवाहरुको लर्को देखेर लाग्यो, हाम्रो नेपालको भविष्य के होला ? भानिन्छ, देशको मेरुदण्ड भनेका युवाहरु हुन् | तर हाम्रो देशका युवा रोजगारीको अभावमा दिनहुँ विदेसीन बाध्य छन् | विदेसिनेको ताती देख्दा एकछिन त मलाई हाम्रो देशको सरकारसँग पनि रिस नउठेको होइन | आफ्नो नागरिकलाई रोजगारीको प्रत्याभूति दिनु हरेक सरकारको दयित्व हो भन्ने मलाई लाग्छ |

तर, यो कुरामा हाम्रो सरकार चुकेको छ | सोहि दिन बिहान म त्यहाँ जानकारी हासिल गर्ने उदेश्यले पुग्दा एक प्रहरी, जो कार्यालयको ढोकामा तैनाथ थिए, लाईन औधि लामो र सेवाग्राहीको भिड ज्यादै भएको कारण दर्साइ भित्र प्रवेशमा रोक लगाए | फेरी त्यस ठाउँमा जादा पनि प्रवेशमा सहजता नपाउनुका साथै जानकारी संकलन गर्ने क्रममा त्यहाका कर्मचारीबाट पनि सहयोगको भावना नपाएपछि, त्यही भेटिएका एक सेवाग्राहीले हामीले खोजेको जानकारी दिनुका साथै थप जानकारी चाहिएमा भेट्नको लागि आफ्नो भिजिटिंग कार्ड दिदै सहयोगको आश्वासन दिनुभयो | फर्कने क्रममा, त्यही कर्मचारीको रुपमा कार्यरत अजय यादवबाट पनि श्रम स्वीकृतिको बारेमा धेरै जानकारी हासिल गर्न सफल भयौ | यसरी, श्रम तथा रोजगार विभागमा श्रम स्वीकृतिको बारेमा बुझ्न जादा केहि मिठा र केहि नमीठा अनुभव भए |

Recent Posts

Share this on:

  • Facebook
  • Twitter
bottom of page